Section 3B
अन्त:शुल्क नलाग्ने
(१) दफा ३“ बमोजिम अन्त:शुल्क लाग्ने वस्तु वा सेवामा देहायको अवस्थामा अन्त:शुल्क लाग्ने छैनः-

(क) नेपालबाहिर निकासी गरेमा वा स्वीकृति प्राप्त करमुक्त पसल (बण्डेड वेयर हाउस र ड्यूटि फ्री सप) लाई मदिरा वा चुरोट बाहेकका अन्य वस्तु बिक्री गरेमा

(ख) स्वीकृति प्राप्त बण्डेड वेयर हाउसले नेपाल सरकार परराष्ट्र मन्त्रालयले सिफारिस गरेको कूटनीतिक तथा महसुल सुविधा प्राप्त व्यक्ति वा निकायलाई चुरोट वा मदिरा बिक्री गरेमा

तर,

(१) बण्डेड वेयर हाउसले चुरोट तथा मदिरा बाहेकका अन्य वस्तु अन्त:शुल्क नलगाई बिक्री वितरण गर्न बाधापर्ने छैन।

(२) बण्डेड वेयर हाउसबाट बिक्री गरिने अन्त:शुल्क लाग्ने वस्तु पैठारी गर्दा वा नेपालभित्र उत्पादन भएको वस्तु खरिद गर्दा «त्यस्तो वस्तुमा लाग्ने अन्त:शुल्क बराबरको रकम नगद धरौटी वा बैङ्क प्रत्याभूति राख्नु पर्नेछ ।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको नगद धरौटी वा बैङ्क प्रत्याभूतिको फुकुवा वा फिर्ता प्रक्रिया विभागद्वारा तोकिए बमोजिम हुनेछ ।

(३) नेपालभित्र उत्पादन भएको वा तयार भएको मालवस्तु नेपालबाहिर निर्यात भइसकेपछि सम्बन्धित पक्षले लिन अस्वीकार गरी वा अन्य कुनै कारणले पुनः पैठारी गरी ल्याएको अवस्थामा त्यस्तो मालवस्तु पैठारी भएको तीन महिनाभित्र निकासी गर्ने भएमा यसरी फिर्ता ल्याउँदाका बखत लाग्ने अन्त:शुल्क धरौटीमा राखी त्यस्तो मालवस्तु पुनः निकासी भएपछि धरौटी रकम सम्बन्धित भन्सार कार्यालयले फिर्ता दिनेछ ।

(४) अन्त:शुल्क लाग्ने बस्तु उत्पादन गरी विदेश निकासी गर्ने उद्योगले अन्त:शुल्क लाग्ने बस्तु निकासी गरेको परिमाण उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ खरिद वा पैठारी गर्दा तिरेको अन्त:शुल्क दफा इक. को उपदफा (३) बमोजिम वस्तु निष्काशन गर्दा तिर्नुपर्ने अन्त:शुल्क रकममा कट्टा गर्न पाउनेछ ।

(५) उपदफा (४) बमोजिम कट्टा गर्दा मिलान हुन नसकेको अन्त:शुल्क रकम फिर्ता पाउनको लागि अन्त:शुल्क अधिकृत समक्ष दाबी गर्न सक्नेछ ।

(६) उपदफा (५) बमोजिम फिर्ता दाबी भएको अन्त:शुल्क रकम अन्त:शुल्क अधिकृतले छानबिन तथा परीक्षण गर्दा त्यस्तो दाबी मनासिव देखिएमा फिर्ताका लागि दाबी गरेको साठी दिनभित्र फिर्ता दिनु पर्नेछ ।

(७) उपदफा (५) बमोजिम अन्त:शुल्क फिर्ता दाबी गर्नको लागि सूर्तीजन्य र मदिराजन्य पदार्थ तथा पानमसलाको निकासीमा कम्तिमा पन्ध्र प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ ।

(८) उपदफा (५) बमोजिम फिर्ता दाबी गर्दा विवरण बुझाउनुपर्ने अवधि समाप्त भएको मितिले एक वर्ष भित्र फिर्ताको लागि दाबी नगरेमा र उपदफा (७) बमोजिमको मूल्य अभिवृद्धि नभएको अवस्थामा यस दफा बमोजिमको अन्त:शुल्क फिर्ता हुने छैन ।